Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – व्यवस्थापिका संसदको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकमा राष्ट्रपति विद्या भण्डारीले बजेट अधिवेशन आहृवान गरेको पत्र सभामुख ओनसरी घर्ती मगरले पढेर सुनाएपछि संसदको बजेट अधिवेशन औपचारिक रुपमै सुरु भएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा २ सय ९६ को उपधारा ६ बमोजिम संसदको बजेट अधिवेशन आहृवान गर्नु भएको हो । आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्न भोलि ११ बजे संसद बैठक पनि बोलाइएको छ ।

सरकारले आउँदो बिहीबार ४ वर्ष नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने छ । सरकारले राष्ट्रिय महत्वका ठूला विकासे परियोजना, संविधान कार्यान्वयन र पुनर्निर्माणलाई बढी जोड दिएर नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । ११ गते बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक भएपछि जेठ १५ गते बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ ।

तपाईको प्रतिक्रिया