शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

भनिन्छ ‘पत्रकारिताको क्षणलाई नियाल्दै जादा काब्य बन्न सक्छ । हिजोको बर्तमान आजको इतिहास, आजको बर्तमान भोलिको कालखण्ड हो । त्यसैले पत्रकार भनेको राज्यको चौथो अंग हो ।’ स्वतन्त्र भएर कलम चलाउन पाउनु पत्रकारको पहिचान हो । कुनै पनि विषयमा पत्रकारले कलम चलाउनु पर्दा, त्यस वेला कलमको मसी रगत भन्दा शुद्ध भएको ठान्नुपर्दछ । पत्रकारले आफ्नो अगाडी जे देख्छ, सधै त्यहि लेख्छ । पत्रकारलाई कसैले यो वा त्यो लेख भनेर सिकाउनुपदैन र आवश्यक पनि छैन । जसलाई सुझावको खाँचो छ, त्यसैलाई सुझाव दिदाँ उपयुक्त हुन्छ ।

राजनैतिक दलको भातृसंगठनमा आवद्ध भएका पत्रकार हुन भन्दैमा पत्रकार कसैका अन्धभक्त हैनन् । राज्यले पनि पत्रकारलाई चौथो अंगको विल्ला भिडाएर पानी माथिको ओभानो बन्न खोच्नु पत्रकार जगतका लागि ‘वैरी’ नै हो । राज्यले घोषाणा गरेको चौथो अंग अनुसार पत्रकारले शान्ति सुरक्षा लगाएको प्रत्याभूति गर्न पाएका छन कि छैनन् ?  गरेका छन, भने किन दिन दाहादै मारिएको छन ? खाउँला लाउँला भन्ने उम्मेरमै किन ‘यमलोक’ पुग्ने गर्दछन ? यति मात्र नभई मिसन, ब्यवसायिक र खोज पत्रकारिता गर्दा आफ्नै सहकर्मीबाट झन जोखिम उठाउनुपर्छ । यो पंक्तिकार पनि कुनै वेला कलम चलाउँदै गर्दा आफ्नै सहकर्मी र सरकारी पदमा वहालवाला कमर्चारीको मिलेमतोम गरिएको हत्याको योजनाबाट अर्थात मृत्युको मुखबाट बाँच्न सफल भएको थियो । त्यसवेला संख्यात्मक रुपमा एक जुट र योजनाबद्ध तरिकाले विहान एक्लै अफिस जादैं गरको मौकाछोपी विच वाटोबाट अपहरण गरी सार्वजनिक स्थलमा सवैले देख्न सक्छन भनेर एउटा होटलको कोठामा लिएका थिए । त्यहाँ उनीहरुले सक्ने जति सवै गरे तर ज्यान लिन आफै डराए । सायद ‘उनीहरुमा सत्यका अगाडी मूर्खताको घमण्ड थियो ।’ ‘द्वेषी’ हरुले बनाएको योजना र प्रयोग र्ने तरिका आलाकाँचोपन थियो । उनीहरुमा ‘बल भन्दा बुद्धीले काम गर्दछ ।’ भन्ने भनाईको बुझाई कम थियो । संयोगले ‘अरि’ बाट बचियो । त्यसैले ‘जसलाई चोट लागेको हुन्छ, त्यसलाई मात्र पीडा थाहा हुन्छ ।’ अनुभव र अनूभूति नभएकाहरुलाई त्यसको के थाहा हुन्छ ? त्यसैले एउटा पत्रकारको न त जीवनको सुरक्षा छ, न त्यसको भविष्य नै छ । कुन वेला कहाँ आफुले ज्यान गुमाउनु पर्ने हो, चिन्ता, डर र त्रासको वियय मात्र छ । जसको ज्वलन्त उदाहरण हो, करिव यहि हप्ता विश्व सञ्चार स्वतन्त्रता समुह (प्रेस फ्रिडम ग्रुप) ले सन् २०१६ को अवधिभित्र ५७ जना पत्रकारहरु मारिएका तथ्य सार्वजनिकरण । यसले गर्दा मलाई समेत पुरानो घाउ पुन:बल्झाई दिएको छ । सुन्दा पनि अपत्यारिलो तथ्य सार्वजनिक हुंदा आफ्नै पेशाप्रति घृणा  र राज्य, विद्रोही र अज्ञात समुह प्रति वितृष्णा पैदा भएको छ । ‘नखाउ भने दिनभरिको सिकार, खाउ भने कान्छा बा’को अनुहार ’ भनेको जस्तो भएको छ ।

कलम चलाउँदै गर्दा पत्रकारको गल्ति पनि हुन सक्छन । ‘गल्ति नगर्ने मान्छे पनि हुँदैन, गल्ति दोहोरयाउने मान्छे पनि हुँदैन ।’ हुनुपर्ने समाजमा रुपान्तरित नै हो । ‘जहाँ समस्या हुन्छ, त्यहाँ समस्याको समाधान पनि हुन्छ ।’ यदि पत्रकाले लेखेको विषयमा चित बुझेको छैन, आफ्नो मानहानी भएको छ भने, त्यसको १५ दिनभित्र पीडित पक्षले न्यायको ढोकासम्म पुग्न सक्छ । तर कानुनी प्रक्रियाको बाटो छंदाछंदै किन पत्रकारको ज्यान नै लिन पुग्छन ? ज्यान दिएपछि सवै समस्याको समधान हुन्छ ? यदि पत्रकारको मात्र नभएर कसैले कसैको ज्यान लिएर समस्याको समधान खोज्नुभयो भने, जीवनमा त्यो भन्दा ठूलो भूल अरु हुने छैन र त्यसको भारी मुल्य चुकाउनुपर्ने हुन्छ । त्यसैले आउनुहोस अन्याय परेको छ भने, छलफल गरौं, मध्यमार्ग बाटोको खोजी गरौं, पीडितलाई न्याय दिलाउन लागौं । असत्य नै हो भने सम्बन्धित सञ्चारमध्यमबाट सच्याउन लगाऔं । प्रमाण सहित खण्डन लेखी प्रसारण/प्रकाशन गर्न लगाऔं । प्रेस विज्ञप्ती जारी गरौं । यस्ता तमाम मार्ग प्रशस्तका बाटाहरु छंदाछंदैं किन पत्रकारको ज्यान नै लिनुपर्ने ?  के पत्रकारलाई घरपरिवार, समाज, राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता लगायत अन्य विषयको माया ममता भएको हुंदैन ? पेशा पत्रकार भएपनि पत्रकारले गर्ने काम सामाजिक, आर्थिक, राजनीतिक, देशको समृद्धी, आवाज विहिनहरुको आवाज वन्नु, अन्यायमा परेकाहरुलाई न्यायको ढोकासम्म पुरयाउनु, संसारमा भएका सम्पूर्ण गतिविधिलाई नागरिकसम्म पुरयाई कसैलाई सूचनाको हकबाट बन्चित नगराउनु नै हो ।

यो काम गर्नु पत्रकारको गल्ति हो ?  गल्ति हो भने, जो कोहीले एउटा कुराको सधै ख्याल गर्नु अनिवार्य छ । एउटा दुईटा पत्रकारलाई निशाना बनाएर सिध्याउनु होला तर उसको विचारलाई मार्न सक्नुहुने छैन । संसारका आमूल परिवर्तनहरु पत्रकार विना  संभव भएका छैनन् । जव पत्रकारको आवाजलाई बन्द गर्न खोज्यो भने त्यसका दिनगन्ति सुरु हुन्छन । त्यो चाहे सहकर्मी, राज्य, विद्रोही वा अज्ञात समूह किन नहोस । पछिल्लो रिर्पोटले सिरिया, अफगानिस्तान, मेक्स्किो, फ्रान्स, इराक लगायतका देशमा पत्रकारको हत्या धेरै हुने गरेको देखाएको छ । यो पत्रकारका लागि एकदम दुःखद खबर हो । सन २०१५ मा ६७ जना पत्रकार मारिएका थिए । यो वर्ष पत्रकारको मृत्युको संख्यामा कमि आएपनि मुत्युको अवस्था भने गत वर्षको भन्दा निकै दर्दनाक, पिडादायी र विभत्स तरिकाले गरिएको छ । समाचार संकलन गर्नका लागि खटिएका पत्रकार नै अत्यन्तै खोखिम मोलिरहेको अवस्थामा दुवै पक्षबाट मारिएका छन । आखिर पत्रकार नै किन मारिन्छन ?  पत्रकारले के चाहेका हुन्छन ? किन पत्रकार मारिन्छन ? यसको जवाफ कसले दिने ? सम्बन्धित सञ्चारमाध्यमा केही समाचार प्रकाशित/प्रसारण हुन्छ, केही समयमै ज्यान मार्ने धम्की आउँछ, उस्तै परे धम्किको केही सयम वित्न नपाउँदै पत्रकार मारिएको खवर सोही सञ्चारमाध्यमबाट प्रकाशित/प्रसारित हुन्छ । हेर्नुहोस त ? सम्बन्धित निकाय मौन हुन्छ । आखिर पत्रकारलाई यस्तो अवस्था किन आयो ?  के पत्रकारले आफ्नो भूमिका निर्वाह गर्न नसकेका हुन ?  हैन भने आफ्नो पक्षको समाचार सम्प्रेषण नभएकै वहाना बनाएर पत्रकार किन मारिन्छ ? यस्ता यस्तै प्रश्नको उत्तर दिन सक्नुपर्दछ सम्बन्धित घटनासँग जोडिएकाहरुले ? पछिल्लो समयमा पत्रकारितालाई राजनीतिक क्षेत्र मनाउने गरियो । कोही नेताबाट पत्रकार बने, कोही पत्रकारबाट नेता बने । त्यसैको परिणाम आज पत्रकारहरु भोग्दै गएका छन ।

पत्रकार समाजमा सत्य, तथ्य, नीति, आचार, दर्शन र विचारमा कलम चलाउनेहरु कहिल्यै स्वतन्त्र भएनन् । पत्रकारिता क्षेत्रलाई कसैले राम्रो मान्ने गरेका छन त कसैले नराम्रो मान्ने मानेका छन । किन की समाज वर्गीय छ । यहाँ फरक–फरक विचार बोकेका मानिसहरुको बसोवास छ । कसैले पौरख गरेर जीवन निर्वाह गरेको देख्न चाहान्छ त कसैले चाहदैंनन् । यस्तै वर्गीय समाजसँग जोडिएको छ, विश्व जगतको पत्रकारिता । पत्रकारहरु पनि कुनै अर्को ग्रहवाट आएका वा छुट्टै धातुले बनेका बिशिष्ठ प्राणी होइनन् । नागरिकलाई सुसूचित गर्ने मुलभूत उद्देश्य र सोही अनुरुपको काम गर्ने पत्रकार हुन । त्यसैले पत्रकार भनेका कसैका शत्रु हैनन् मित्र हुन भन्ने बुझ्न जरुरी छ । अहिले आफ्नो अस्तित्व, पहिचाहन र राष्ट्रियताको विषयलाई लिएर प्राय सवै देशहरुमा धेरै उतारचढाव भईरहेको छ । युद्धमा सामेल भएका देशमा संक्रमण काल छ । त्यहाँ सोध र प्रतिशोधको प्रतिस्पर्धा छ । समाज विकृति र विसंगतिले ग्रसित छ । कतिपय देशहरुमा मानव अधिकारको हनन मात्र भएका छैनन् । नागरिकले बाँच्न पाउनु अधिकारको समेत कुण्ठित गरिएको छ । लाखौं नागरिकहरु आफ्नो जन्मभूमि छोडी अन्य देशको शरण लिन पुगेका छन । ब्यवसायिक पत्रकारिताका नाममा ब्यापारले पत्रकारितालाई उपभोग गरिहेका छन । लोभलालचमा पत्रकारलाई प्रयोग गरिएको छ । यस्ता यस्तै यावत विषय वस्तुसँग जोडिएर पत्रकारहरुले ज्यान गुमाउन परेको छ । अवका ती सवै देशहरुले हिंसाको बाटो हैन अहिंसाको बाटो रोज्नुपर्दछ । पत्रकार नागरिक समाज भन्दा बाहिर रहेर कलम चलाउन सक्दैन । राजनीतिक विषयवस्तुलाई प्राथमिकतामा राखि पत्रकारहरुलाई राजनीतिक दलको विल्ला लगाई आफुलाई मात्र मूलधारका र ब्यावसायिक ठान्ने पत्रकारहरु नभई सत्य, तथ्य, निष्पक्ष र समावेशी समाचार सम्प्रेषण गरेपछि मात्र आफ्नो सम्मान आफैबाट भएको महशुस हुने छ, भने दिनदाहाडै कसैको निशाना बन्ने पनि छैनन् ।
अन्तिममा पत्रकारिता पेशालाई आत्मसाथ गर्दागदैं मुत्यु भएका सम्पूर्ण पत्रकार सहकर्मीप्रती हार्दिक समवेदना प्रकट गदै सवैको दिवंगत आत्माले चिरशान्ति पाओस भनि ईश्वरसंग प्रार्थना गर्दछु ।

(लेखक ‘ दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।)

तपाईको प्रतिक्रिया