काठमाडौं – नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा काठमाडौं स्थित टुँडिखेलमा ‘जापान फेस्टिवल २०१६’ आयोजना गरियो । कार्यक्रम स्थल प्रवेश गर्दा जापान कै कुनै ठाउँमा महोत्सव भइरहेको अनुभव हुन्थ्यो ।
जापानी नागरिकहरुको बाक्लो उपस्थिति, जापानी सँस्कृतिको प्रस्तुति, जापानी खानाका विभिन्न परिकार र खेलकुदका प्रदर्शनीहरुले अवलोकनकर्ताको रुपमा महोत्सव स्थल पुगेका नेपालीहरु लठ्ठ थिए । शनिवार आयोजना गरिएको एक दिने महोत्सवको विशेष प्रस्तुति ‘समुद्रपारि विशेष’मा ।