Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – प्रस्तावित देवानी कानुनको मस्यौदामा कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भए मृत घोषित गर्न सकिने प्रावधान राखिएको छ ।

कुनै व्यक्ति १२ वर्षसम्म बेपत्ता भएमा वा सुचना पाउनुपर्ने व्यक्तिले १२ वर्षदेखि व्यक्तिका बारेमा कुनै सुचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था गरिएको हो ।

देवानी कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा केही विशेष अवस्थामा भने बेपत्ता भएको व्यक्तिलाई १२ वर्षभन्दा कम उमेरमै मृत घोषणा गर्न सकिने व्यवस्था छ ।

‘असी वर्ष उमेर पुरा भएको व्यक्ति भए ५ वर्षमा, युद्धस्थलमा खटिएके व्यक्ति भए युद्ध सकिएको चारवर्षमा र दुर्घटना भएको वायुयान, पानीजहाज या अन्य सवारी साधन भए दुर्घटना भएको तीन वर्षमा मृत्यु भएको मानिने छ,’ संसदको विधायन समितिले तयार पारेको विधेयकमा उल्लेख छ ।

कुनै व्यक्तिको दुर्घटनामा परि मृत्यु भएमा र अर्को व्इक्ति जीवित फेला नपरेमा उसलाई समेत मृत घोषणा गर्नसक्ने व्यवस्थाको प्रस्ताव छ । दुर्घटनामा एकभन्दा बढी व्यक्तिको मृत्यु भए र अन्यथा प्रमाणित नभएमा उनीहरु सबैको एकसाथ मृत्यु भएको मानिनेछ ।

तपाईको प्रतिक्रिया