![sarad singh bhandari](https://samudrapari.com/wp-content/uploads/2011/10/sarad-singh-bhandari-150x150.jpg)
संसद्को मंगलबारको बैठकलाई सम्वोधन गर्दै एमाले सभासद् अग्नि खरेलले भने, ‘भण्डारीको ठाउँमा सर्वसाधारण भएको भए हतकडी लगाइन्थ्यो कि लगाइन्न ? भण्डारी मन्त्री भएकै कारण छुट हुन्छ ? उनलाई राज्य विप्लवको मुद्धा लगनाउनु पर्दैन ?’ उनले मन्त्री भण्डारीको अभिब्यक्ति राष्ट्रिय एकतामा खलल पुग्ने भएको जिकिर गर्दै सभासद खरेलले मन्त्री भण्डारीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरे ।
कांग्रेस सभासद शोभाकर पराजुलीले दिनदिनै संसद चल्न नसक्दा समेत जवाफ नदिने प्रधानमन्त्री गैरजिम्मेवार भएको आरोप लगाउनुभयो । रक्षामन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक मंगलवार पनि कार्यसूचिमा प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ । ***