Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – नेपालका बनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ । विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो । jungle_forest_189565383

फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७९.९५ टन कार्बन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ । वन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलका अनुसार कार्बन सञ्चिताको अवस्था थाहा पाएका कारण त्यसलाई अवसरका रूपमा सदुपयोग गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ । वनको समग्र अवस्था र कार्वन सञ्चितिको आकर्षक तथ्य सार्वजनिक गर्दै नेपालको वन क्षेत्रको पहिलो विस्तृत सर्वेक्षण वन स्रोत सर्वेक्षण सकिएको आजको अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया