Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बिरुद्धको मुद्धामा म्याद बुझाउन गएका सर्वोच्च अदालतका कर्मचारी बुधबार रित्तोहात फर्किए ।

काठमाडौं महानगरपालिका १० नं वडा सचिव सरिता राई कार्यालयमा नभेटिएपछि ती कर्मचारी कार्कीको घरमा सूचना नटाँसी फर्किएका हुन् । सर्वोच्चको टोली बुधबार दिउँसो म्यादको पत्र लिएर उहाँको निवास पुगेको थियो । घरमा म्याद टाँस गरी मुचुल्का उठाउन सम्बन्धित क्षेत्रको वडासचिवलाई रोहबर राख्नुपर्ने कानुनी व्यवस्था छ ।

राई नभेटिएपछि सर्वोच्च टोली त्यत्तिकै फर्किएको आजको नागरिक दैनिकमा खबर छ । वडा कार्यालयलाई पहिल्यै खबर गरिए पनि सचिव नआएको सर्वोच्चका तामलेदार शम्भु खत्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया