Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल असोज २९ गते गोवा जाँदै हुनुहुन्छ । 1475714510dahal-xi

त्यही दिन चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता तय भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री भएपछि दाहालको चिनियाँ राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो । ‘प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोवामा २९ असोजमा साइडलाइन वार्ता हुने तय भएको छ,’ परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधवार सञ्चारकर्मीसँग भन्नुभयो,‘दुईपक्षीय हितको विषयमा छलफल हुनेछ ।’

चीनका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणका बारेमा कुटनीतिक च्यानलमा छलफल चलिरहेको छ । ब्रिक्स र बिमस्टेकको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहालसहितको टोली गोवा जानेछ । त्यहाँ अन्य मुलुकका उच्चस्तरीय नेतृत्वसँग पनि भेटवार्ताका लागि पहल भइरहेको परराष्ट्र श्रोतले बताएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया