Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – अहिले सेयर किनेर दसैंपछि रकम चुक्ता गर्न मिल्ने सुविधाका कारण लगानीकर्ताले सेयर किन्न थाल्दा सेयर बजार उकालो लागेको छ । सेयर खरिद गरेको रकम दसैंपछि बुझाए पनि हुने भएकाले सेयर खरिदमा चाप देखिएको ब्रोकर बताउँछन् ।

दसैंमा खर्चको जोहो गर्न बिक्री गरेको सेयर कुनै न कुनै तरिकाले पुनः बजारमा फर्कने र त्यसले बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ताले सेयर किन्न थालेका छन् र त्यसैको परिणामस्वरुप सेयर बजार मापक नेप्से पुनः उकालो लागेको छ ।

दसैंपछि सेयर बजार बढ्ने सम्भावना देखेपछि लगानीकर्ता खरिद गर्न आकर्षित भएको विश्लेषकको भनाइ छ । विश्वासका आधारमा सधैं कारोबार गर्ने लगानीकर्ताहरुलाई दसैंपछि रकम बुझाए पनि हुने सुविधा दिइएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए ।

कानुनतः सेयर कारोबार भएको तीनदिनभित्र राफसाफ गर्नुपर्ने हुन्छ । तर सार्वजनिक बिदा परेकाले त्यो अवधिभित्र बुझाउन ब्रोकर बाध्य हुने छैनन् ।

तपाईको प्रतिक्रिया