काठमाडौँ – नेपाली काँग्रेसले आफ्ना तर्फबाट भोलिसम्म ७ राज्य मन्त्री सरकारमा पठाउने भएको छ ।
सरकार गठन भएको झण्डै दुई महिनापछि काँग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको खबर आजको अन्नपूर्णमा खबर छ । पार्टीमा जातीय लंगिक, क्षेत्रीय सन्तुलन मिलाएर राज्यमन्त्री पठाउने तयारी भइरहेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए । ‘सम्भवतः सोमबारसम्म राज्यमन्त्रीले सपथ लिनेछन्,’ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो,‘पार्टीको आन्तरिक सन्तुलन जातीय, क्षेत्रीय र लंगिक पक्ष मिलाएर मन्त्री चयन हुन्छन् ।’
सात राज्यमन्त्रीका लागि तीन दर्जनभन्दा बढी आकांक्षी छन् । सभापति देउवा, पौडेल र सिटौलाका तीन धारको प्रतिनिधित्व हुँदै राज्यमन्त्री चयन हुने बताइएको छ । स्रोतका अनुसार पौडेलबाट तीन र सिटौलाबाट एक राज्यमन्त्री बन्ने सम्भावना छ ।