Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौँ – पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्सपेक्टर अनिल पण्डितबीच तीन वर्षअघि डिल्लीबजार जेलमा चिनजान भएको थियो । गुप्ता अपहरण मुद्दामा जेल परेका थिए भने पण्डित त्यसबेला सइका रूपमा कारागार सुरक्षाको जिम्मेवारीमा थिए ।shyam_sundar_gupta

त्यही बेलाको चिनजानले दुवैलाई जेल बास गराएको थियो । अपहरण मुद्दामा कैद भुक्तान गरेर गुप्ता गतवर्ष जेलबाट निस्किए । यता सइ पण्डितले इन्सपेक्टरमा नाम निकाले । जेलमा कायम भएको दोस्ती झन् प्रगाढ बन्दै गयो । गुप्ता ललितपुरमा बस्थे भने पण्डितको दरबन्दी पनि ललितपुरमै थियो । दुवै जना मिलेर पैसा कमाउने उपाय रच्न थाले र धम्क्याएर पैसा असुल्न थाले । यसैबिच म्यानपावर व्यवसायी तारा रेग्मीलाई अपहरणको धम्की दिएर गुप्ताले पैसा माग्न थाले ।

पण्डित के कम थिए, रेग्मीबाट उनले पैसा अशुले । लगातार पैसा माग्न धम्की दिन थालेपछि रेग्मीले प्रहरीकहाँ उजुरू दिइन् । पैसा असुलेको आरोपमा पूर्वमन्त्रीसहित इन्पेक्टरलाई प्रहरीले पक्राउ र्गयो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया