Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो सञ्चालक नेपाल रिक्रिएसन सेन्टरका तात्कालीन सञ्चालकलाई पक्राउ गर्न सरकारलाई निर्देशन दिएको छ । सञ्चालकले सरकारलाई राजस्व र आफ्ना कर्मचारीलाई तलबसमेत दिएका थिएनन् ।

cyasino

समितिको शुक्रबारको बैठकले सेन्टरका तात्कालीन सञ्चालक शान्ति चड्डा, राकेश वादवा, शालिनी वादवा, तुलाराम भट्ट, सर्वण क्षेत्री र रिचर्ड डोयल लगायतलाई इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न सरकालाई निर्देशन दिएको हो ।

समितिले राजस्व र मजदुरले पाउनु पर्ने खर्च रकम असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाउन गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले सोल्टी होटल परिसरमा नेपाल रिक्रिएसन सेन्टरको नाममा बैंक खातामा रहेको रकमलगायत चल अचल सम्पत्तिलाई लिलाम गरी मजदुरको तलब सुविधा भुक्तान गरी बचेको रकम राजस्वमा दाखिला गर्ने व्यवस्था गर्न पनि भनेको छ । समितिले संसदकै चालु अधिवेशनमै क्यासिनो सञ्चालनसम्बन्धी विधेयक पेस गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया