Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौं – कोरियामा पानी जहाजमा काम गर्ने र महिनाको एक लाख रुपैयाँ तलब हुन्छ भन्दै १८ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा निर्मल श्रेष्ठ पक्राउ परेका छन् ।

उनले सोलुखुम्बु गुदेल गाविस–४ का आङधानु शेर्पासहित केही व्यक्तिलाई ठगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले कोरियामा पानीजहाजमा काम गर्न वर्किङ भिषामा भारत हुँदै जाँदा सजिलो हुने भन्दै पीडितहरुलाई भारत लगेर ठगेका थिए ।

भारतबाट पीडितहरुलाई उनले हङकङ हुँदै कोरियासम्म पुर्याएको प्रहरीले जनाएको छ । तर कोरिया इमिग्रेशनले नक्कली भिषा भएको भन्दै उनीहरुलाई फर्काइदियो । उनले भारतमा हुँदा नै पीडितहरुसँगबाट हुण्डी मार्फत पैसा लिएका थिए ।

आफूहरु ठगीएको भन्ने पीडितको गुनासोको आधारमा प्रहरीले निर्मललाई गएको बुधबार ललितपुर इमाडोल खरिबोटबाट पक्राउ गरेको हो । आवश्यक अनुसन्धान  र कारवाहीको लागी बिहीबार वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ । निर्मलले भारतमा बसेर अरु धेरै व्यक्तिहरुबाटसमेत  रकम लिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया