Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले दोलखाको चरिकोट अस्पतालमा भएको घटनामामा छानबिन भइरहेको जनाएको छ ।

मन्त्रालयले सो घटनामा बुधबार मध्यमाञ्चल क्षेत्रीय निर्देशक डा रमेशविक्रम सिंहको संयोजकत्वमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र शाखा अधिकृत दीपक रिजाल रहनुभएको छानबिन समिति गठन गरेको र गृहमन्त्रालयका सहचिवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका उपसचिव र नेपाल प्रहरीका प्रहरी निरीक्षक रहेको अर्को छानबिन समिति समेत गठन गरेको छ ।

मन्त्रालयका निमित्त सचिव रामशरण चिमोरियाद्वारा आज यहाँ जारी विज्ञप्तिमा ती दुवै समितिले छानबिन सुरु गरिसकेको अवस्थामा स्वास्थ्य सेवालाई प्रभावित हुने अवस्था आउन नदिई उच्च मनोबलका साथ सेवामा जुट्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ । छानबिन कार्यलाई सहज बनाउन त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने जानकारी प्राप्त भएको र समितिको प्रतिवेदन आइसकेपछि सोअनुरुप कारबाही अगाडि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

“घटनाका बारेमा द्रुत गतिमा छानबिन भइरहेको र तत्कालीन तथा दीर्घकालीन रुपमा गर्नुपर्ने कानुनीलगायतका कामसमेत गरिसकेकाले सम्बन्धित सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दछौँ ” विज्ञप्तिमा भनिएको छ । घटनाबाट सिर्जित परिस्थितिलाई सामान्यीकरण गर्न स्वास्थ्य सेवालाई प्रभावित हुने अवस्था आउन नदिई उच्च मनोबलका साथ सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई र सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकायलाई तथा त्यस कार्यमा सहयोग गर्न स्थानीय समुदायलाई मन्त्रालयले अपिल समेत गरेको छ ।

अस्पतालमा स्वास्थ्यकर्मी माथि हुने आक्रमण तथा स्वास्थ्य संस्थामा हुने तोडफोडलगायतका घटना हुन नदिनका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन प्रक्रिया समेत अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
साथै स्वास्थ्य क्षेत्रलाई मर्यादित, विश्वासनीय र जनताप्रति जवाफदेही बनाउन मन्त्रालय लागिरहेकाले स्वास्थ्य संस्थाभित्र आइपर्ने समस्या समाधान गर्न पनि मन्त्रालयले ध्यान दिँदै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया