Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु प्रा.डा.गोविन्द केसीको नवौँ आमरण अनसनको समर्थनमा बिहीबारदेखि कालो पट्टि बाँधेर काम सुरु गरेका छन् ।

डा. केसी सरकारलाई दिएको पछिल्लो एक साताको अल्टिमेटम सकिएपछि पूर्व घोषित कार्यक्रम अनुसार गत आइतबार दिउँसो चार बजेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसन बस्नुभएको हो । रेजिडेन्टहरुले चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सुधारको लागि डा. केसीका मागहरू आम नेपालीको हितमा रहेको भन्दै सरकार सम्वेदनशील नभए चरणवाट दबाबमुलक कार्यक्रम सुरु गर्ने चेतावनी समेत दिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जनले सरकारले डा. केसीको मागलाई बेवास्ता गरे थप कडा विरोधको कार्यक्रम गर्न बाध्य हुने बताउनुभयो । आमरण अनसनको चौथो दिनमा प्रवेश गर्दा समेत सरकारको तर्फबाट कुनै पनि व्यक्ति डा. केसीलाई भेट्न आएका छैनन् ।

डा. केसीलाई बिहीबार अस्पताल प्रशासनको सहयोगमा सानोबाट ठुलो कोठामा सारिएको छ । डा. केसीमा मांसपेशीको दुखाइ र चक्कर आउने समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया