Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि दलीय आग्रह नराखी जारी संविधानलाई कार्यान्वयनमा सहयोग गर्न आम सञ्चार क्षेत्रसँग आग्रह गर्नुभएको छ ।

प्रेस सेन्टर, नेपालको प्रथम राष्ट्रिय एकता अधिवेशनको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो,‘संविधान कार्यान्वयनमा राजनीतिक दलहरूलाई एकताबद्ध गर्ने भूमिका खेल्न प्रेस जगत्लाई अपिल गर्न चाहन्छु ।’ प्रेसले आगामी १८ महिनाभित्र तीन चरणको निर्वाचन गर्ने कार्यलाई सघाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । 1475144700173_pro_ktm290916_0583

भूकम्पपछिको पुनःनिर्माण कार्यलाई पनि द्रुत गतिमा लैजान सरकारले पहल गरिरहेको उल्लेख गर्दै उहाँले पुनःनिर्माणका साथै अन्य विकास निर्माणका काममा पनि प्रेसको महत्त्वपूर्ण सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो । प्रजातन्त्रको पुनर्बहाली र गणतान्त्रिक आन्दोलनमा पे्रसले खेलेको भूमिका सराहनीय भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले श्रवजीवी पत्रकारको मुद्दालाई आफूले सम्बोधन गर्ने वचनबद्धतासहित तोकिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक हामी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक मुद्दा पेचिलो बन्दै गर्दा प्रेसका मुद्दामा ओझेलमा पर्न नहुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया