Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव आफूले संसद्मा राखिसकेको बताउनुभएको छ । भरतपुर अस्पतालको आज बिहान निरीक्षणपछि बोल्दै उहाँले यसले स्वास्थ्यको पहुँच नपुगेका जनतालाई समेट्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै दाहालले भरतपुर अस्पताललाई सरकारी तवरबाट हुनसक्ने सहयोग गर्न म तयार रहेको पनि बताउनुभयो । सबैभन्दा पुरानो स्थापित र आमजनताले विश्वास गरेको यो अस्पतालका बारेमा बुझ्न अपर्झट आफू आएको जानकारी दिँदै उहाँले अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै लैजान निर्देशन दिनुभयो । 1475134745029_na_chitwan_160929_pm-in-bharatpur-hospital-1

प्रधानमन्त्री दाहालले अस्पतालका आकस्मिक कक्ष, प्रसूति कक्ष, सघन उपचार कक्ष, बाल सघन उपचार कक्ष, शल्यक्रिया कक्षलगायतका सबै वार्डमा पुगेर बिरामी र तिनका आफन्तसँग उनीहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो । उक्त क्रममा बिरामी र आफन्तले भोग्नुपरेका समस्या र पाएका सुविधाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

छिमेकी जिल्लाबाट आएका बिरामीले सामान्य उपचारका लागिसमेत भरतपुरसम्म आउनुपरेको भन्दै छिमेकी जिल्लाका अस्पतालको स्तर वृद्धिका लागि पनि आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया