Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

samsad

काठमाडौं – व्यवस्थापिका संसदको आजको बैठकमा अधिकांश सांसदहरुले मुलुकमा बढ्दै गएको सडक दुर्घट्ना न्यूनीकरण गर्न ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको विशेष समयमा बोल्दै सांसद कृष्णभक्त पोखरेल चितवत दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै ३६ किलोमिटर लामो बाटो पार गर्न ६ घन्टा लाग्ने गरेको दुखेसो पोख्नुभयो । उहाँले उक्त सडकमा दुर्घटना बढ्दै गएको भन्दै राजधानी भित्रिने एकमात्र सडक सुधारका लागि सरकारले सबै संयन्त्र परिचालन गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङमा मङ्गलबार भएको दुर्घटनाका घाइतेको सम्पूर्ण उपचार खर्च तथा मृतकका परिवारलाई उचित क्षतिपूति दिनुपर्ने र ग्रामीण सडक स्तरोन्नतीका लागि सरकारसँग माग गर्नुभयो । सांसद रेशमबहादुर बानियाँले गत भदौ १७ गतेको अविरल वर्षाका कारण म्याग्दीमा आएको बाढीबाट पीडित जनताले आवश्यक सहयोग नपाएको गुनासो गर्दै उनीहरुको पुनः स्थापनाका लागि सरकारसंग माग गर्नुभयो । बेनी– मुस्ताङ सडकको स्तरोन्ती गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया