Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – संसदीय सुनुवाई विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदुत बिरुद्धको सुनुवाई सुरु गरेको छ । सिंहदरबारमा जारी बैठकमा भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित लीलामणि पौड्याललाई बोलाएको समितिले जनाएको छ । indian-and-chinese_rvjzlja2vp_ds5xqft6hd

काम सन्तोष जनक नभएको भन्दै यसअघि फिर्ता बोलाईएका उपाध्यायलाई बर्तमान सरकार फेरि भारतका लागि राजदूत सिफारिस गरेको हो । उहाँबिरुद्ध तीन वटा उजुरी परेपनि एकजना उजुरीकर्तामात्र सम्पर्कमा आएको समितिले जनाएको छ । आजै चीनका लागि प्रस्तावित पौड्यालसँग सोधपुछ गर्ने कार्यसूचि छ । केपी शर्मा ओली नेतृत्वको सरकारले चीनका लागि महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेपनि राजदूतका लागि सिफारिस अन्य १४ मुलुकको नाम फिर्ता लिदै सरकारले चीनका लागि पूर्वमूख्य सचिव पौड्यालको नाम सिफारिस गरेको हो ।

उहाँबिरुद्ध कुनै उजुरी परेको छैन । समिति स्रोतका अनुसार, दुवै जना प्रस्तावित राजदूतबारे समितिले आजै निर्णय गर्नेछ । समितिमा काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको बहुमत भएकाले उनीहरुको नाम आजै अनुमोदन हुनेछ ।

तपाईको प्रतिक्रिया