Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – वैशाखमा बा १ ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए । त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस पठाए ।

एउटै ट्याक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही र्गयो । बा २ ज १८२६ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेपछि यात्रुले एसएमएसमार्फत उजुरी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ। मिटरमा जान नमानेकै कसुरमा प्रहरीले यो ट्याक्सीका चालकलाई पनि तीनपटक कारबाही र्गयो । वैशाखदेखि मिटरमा जान नमान्ने, मोलमोलाई गर्ने र मिटर बिगार्ने ट्याक्सी चालकमाथि प्रहरीले कारबाही गर्न थालेपछि अहिले प्रत्येक दिन करिब १२ ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन् ।taxi

तर मङ्गलवार भने कुनै पनि ट्याक्सी चालक कारबाहीमा परेनन् । किनभने मङ्गलवार ट्याक्सी चालकहरुले ट्राफिक प्रहरीले चलाएको कारबाही अभियानको विरोधमा ट्याक्सी चलाएनन् । यात्रुले भनेको ठाउँमा जान नमान्ने, मिटरमा नगाई मोलमोलाई गर्ने र मिटर बिगार्नेलाई गरिएको कारबाहीका विरोध गर्दै ट्याक्सी जाम गरिएको हो । उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्याल यात्रुलाई सहज तरिकाले गन्तब्यमा र्पुयाउन अनुरोध गर्दा नमानेपछि कारबाही अभियान चलाएको बताउँछन् ।

‘यो त ठग्न पाइएन भनेर गरेको आन्दोलन हो,’ उनले भने, ‘यात्रुलाई दुःख नदेऊ, मिटर नबिगार, मिटरमा उठेको भाडा लेऊ भन्दा आन्दोलन गर्ने कस्तो अचम्म ?’

तपाईको प्रतिक्रिया