Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमितिका लागि भएको चुनावको मतगणना आज हुँदैछ । सोमबार बेलुका सकिएको चुनावको आज बिहान ९ बजेदेखि मतगणना हुने प्रतिष्ठानले जनाएको छ । 12606914_1038357169559885_1355102807_n

आज दिनभरीमा मतगणना सक्ने तयारी रहेको बुझिएको छ । ४५ जनाको कार्यसमितिमा ४० पदका लागि चुनाव भएको हो । नयाँ नेतृत्वका लागि अध्यक्षका लागि बद्री पंगेनी, विष्णु खत्री र टीकाराम चपाई चुनावी मैदानमा छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा तीन, द्धितिय उपाध्यक्षमा दुई, उपमहासचिवमा दुई तथा महिला सदस्यमा ११ जना प्रतिस्पर्धामा छन् । यस्तै ७ वटा प्रदेश संयोजकका लागि पनि प्रतिस्पर्धा भएको छ ।

यसअघि प्रथम उपाध्यक्षमा चर्चित गायक तथा सर्जक पशुपति शर्मा, कोषाध्यक्षमा दीपक खड्का र महिला सचिवमा राधिका हमाल निर्विरोध निर्वाचित भईसक्नुभएको छ । प्रतिष्ठानका पाँच जना सदस्य भने पछि मनोनयन गरिने प्रावधान छ ।

तपाईको प्रतिक्रिया