Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत वर्ष कैलालीको टीकापुरमा घटेको घटनामा संलग्न अपराधी तथा आरोपीलाई आम माफी नदिन माग गरेको छ ।
सङ्गठनले सरकारद्वारा सो घटनामा संलग्नलाई आममाफी दिने तयारी गरेकोमा सोको विरोधमा आइतबार माइतीघरमा प्रदर्शन गरी सो माग गरेको हो । त्यसैगरी, उक्त घटनामा संलग्नलाई कारबाहीको माग गर्न २४ घन्टे अल्टिमेटम पनि दिइएको छ । सङ्गठनका अध्यक्ष नवीना लामाले सरकार सबैको अभिभावक भएकाले उक्त घटनाका पीडितलाई पीडा दिनेगरी निर्णय नगर्न आग्रह गर्दै यसले मुलुकमा दण्डहीनता मौलाउने बताउनुभयो ।
सङ्गठनको सचिवालय सदस्य नारायण घर्तीका अनुसार मुलुकमा सामाजिक सद्भाव बिगार्न सुनियोजित तरिकाले घटाइएको सो जघन्य घटनाका अपराधीलाई सरकारले माफी दिएमा त्यसका विरुद्ध सङ्गठनले सशक्त कार्यक्रम गर्नेछ ।
गत वर्ष संविधान जारी हुन केही दिन अगाडि घटेको सो घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लगायतका प्रहरी तथा दुई वर्षीय बालकसहित धेरै मानिसको हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया