Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

टोकियो – नेपालका विभिन्न जिल्लाहरुबाट जापानमा अध्यन–अध्यापन, व्यापार–व्यवसाय तथा रोजगारीको सिलसिलामा जापानमा आइ बसोबास गरिरहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेलिनबादीका (नेकपा एमाले) समर्थक तथा कार्यकर्ताहरूको एकआपसमा सद्भावपूर्ण भेटघाट ,परिचय तथा समसामयिक विषयमा बिचार आदानप्रदान तथा चियापान कार्यक्रम को आयोजना गरिने भएको छ ।

यही आउँदो सेप्टेम्बर २२ तारिक बिहीबार टोकियो जे.आर.कामता स्थित ओता कुरिचु सोहीमा सेकाचु सेन्टरमा दिउसो १४ः३० बजे आयोजकले जनाएको छ । जापानमा नेपालीहरूको आगमन दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा नेकपा एमाले समर्थकहरुको आगमन पनि बृदी भइरहेको तथा पुराना सक्रिय अग्रज बुद्धिजीवहरुको सक्रियता न्यून महसुस गरी केही अग्रज बुद्धिजीवहरुको पहल र प्रवासी नेपाली मञ्च जापान टोकियो कमिटिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

तपाईको प्रतिक्रिया