Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा आज विशेष समारोह आयोजना गरिएको छ ।

संविधान दिवस मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समरोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, सांसदहरु, तीनवटै सुरक्षा निकायका प्रमुख समारोहमा उपस्थिति रहेको थियो । संविधानसभा मार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो ।sambidhan-diwas-02

राष्ट्रपति भण्डारी समारोहस्थल उपस्थित हुँदा उहाँको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रम दाहाल र गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो । समारोहमा राष्ट्रपति भण्डारी, समारोह समिति अध्यक्ष एवम् प्रम दाहाल प्रधानन्यायाधीश कार्कीले शान्तिको प्रतीक सेतो परेवा उडाउनुभएको थियो । नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि तथा संविधान दिवस–२०७३ लेखिएको ब्यानर समारोहमा प्रदर्शन गरेको थियो ।

उक्त समारोहमा ज्ञात अज्ञात सहिदप्रति कार्यक्रममा एक मिनेट मौनधारण गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका तीनवटै जिल्लाका जिविस तथा नगरपालिकाले सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का खेलाडीले देखाएको कला कौशल समारोहस्थल आकर्षण बनेको थियो । संविधान दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया