Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024

धनगढी –  आपराधिक एवम् अवाञ्छित गतिविधि नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका १२ स्थानमा पहिलोपटक सिसी क्यामरा जडान गरिएको छ ।

cc-camera
सिसी क्यामरा जडानबाट बजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापको निगरानी गरी शान्ति, सुरक्षालाई थप सुदृढ बनाउन सघाउ पुग्ने विश्वास प्रहरीको छ । सर्वसाधारणको भीड एवम् चहलपहल बढी रहने स्थानीय ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको करिब दुई किलोमिटर लामो बजार क्षेत्रका १२ स्थानमा सिसी क्यामेरा जडान गरी निगरानी अघि बढाइएको हो ।

सिसी क्यामराको ‘कन्ट्रोल रुम’ कैलाली जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सो क्यामरा जडानको पहिलो चरणको काम पुरा भएकोकाले दोस्रो चरणको काम पनि अगाडि बढाउन लागिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

दोस्रो चरणअन्तर्गत ट्राफिक चौराहदेखि एक किमी उत्तरतर्फको चटकपुर र दुई किमी दक्षिणतर्फको त्रिनगर भन्सार कार्यालयसम्म सिसी क्यामरा जडान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।  कैलाली उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति, धनगढी उपमहानगरपालिका, बैंक तथा वित्तीय संस्थालगायतको झन्डै रु १३ लाखको सहयोगमा सो क्यामरा जाडान गरिएको हो ।

तपाईको प्रतिक्रिया