Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

जापान – गल्कोट समाज जापानद्वारा आयोजित तीज मेलाको लागि कलाकारहरू जापान आइसकेको आयोजकले जनाएको छ । 14194311_10208621920437748_2019707839_n

गल्कोट समाज जापानद्वारा आमन्त्रित कलाकार त्रय पूर्णकला बिसी, लक्ष्मी मल्ल र रिता केसी आज बिहान टोकियोको हानेदा एअरपोर्टमा आइपुग्नुभएको हो । कलाकारलाई समाजका अध्यक्ष नर बहादुर थापा, उपाध्यक्ष कालीका थापा सदस्यहरू लोकेश खत्री, सबिता श्रेष्ठले सयुक्त रूपमा स्वागत गर्नुभयो ।

समाजले विगतका बर्षहरु जस्तै यो वर्ष पनि तीज विशेष कार्यक्रमको आयोजना गरेको हो । भोलि (बिहीबार) नागोयाको सुराकुएनमा र सेप्टेम्बर २ तारिखका दिन शुक्रवार टोकियोमा कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ ।

आयोजकले तीज मेलाको लागि विभिन्न सङ्घ सस्थाहरुलाइ निमन्त्रणा गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया