Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

इटहरी – राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता परिवर्तन भइरहे मुलुकको विकास सम्भव नभएको बताउनुभएको छ ।

राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागले प्रदेश नं १ को धरानमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले देश विकास र जनताको जीवनस्तर उकास्न स्थायी सरकार आवश्यक पर्ने बताउनुभयो । प्रजातन्त्र आएको २७ वर्षको अवधिमा २४ वटा सरकार परिवर्तन भएको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष थापाले प्रश्न गर्नुभयो, ‘सरकार परिवर्तन भइरहने हो भने कसरी नेपाली जनताले न्याय पाउलान् ?’

उहाँले पार्टी कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया