Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको पुनर्संरचना, संविधान कार्यान्वयन लगायतका विषयमा प्रमुख दलहरूसँग छलफल गर्नुभएको छ । 1472537384174_PRO_KTM_150909_3 Party Meeting (2)

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुभएको हो । प्रधानमन्त्री दाहालले स्थानीय तहको पुनर्संरचना र संविधान कार्यान्वयनका विषयमा साझा धारणा बनाउन आग्रह गर्नुभएको थियो । यद्यपि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहिले सत्तारुढ दलको स्पष्ट धारणा बनाउन माग गरेको थियो ।

बैठकमा संविधान कार्यान्वयनका विषयमा पनि सामान्य छलफल भएको थियो । बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतम र माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली भने विदेशमा रहेकाले बैठकका सहभागी हुनुभएन् ।

तपाईको प्रतिक्रिया