वालिङ – स्याङ्जाको तिन्दोबाटे–६ झोल्पेका किसान टेकबहादुर दर्लामीले दूध बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । सतहत्तर वर्षीय उहाँ हाल सातवटा मुर्रा जातका भैँसीबाट दैनिक ३५ लिटरसम्म दूध बिक्री गर्नुहुन्छ ।
“काम गर्न उमेर छेक्दैन गर्नका लागि जाँगर हुनुप¥यो,” वृद्ध किसान दर्लामी भन्नुहुन्छ – “उत्पादन भएको दूध बिक्रीका लागि समस्या छैन घरसँगै डेरी जोडिएकाले त्यही डेरीमार्फत दैनिक दूध बिक्री गरिरहेछु ।”
घरमा आफू र दुईवटी बुहारी भैँसीका लागि घाँस र दानापानीको व्यवस्थामा जुट्ने गरेको उहाँ बताउनुहुन्छ । “यामअनुसार दूध बिक्रीबाट कहिले दुई लाखसम्म आम्दानी हुन्छ कहिले एक लाखमा पनि चित्त बुझाउनुपर्ने र सबै खर्च कटाएर औसत मासिक डेढ लाखसम्म बचत हुने उहाँको भनाई छ ।
युवा रोजगारीका लागि मुलुकबाहिर गइरहेका अवस्थामा स्वदेशमै पशुपालन व्यवसाय गर्न सके राम्रो आम्दानी हुने भएकाले युवालाई पशुपालनमा लाग्न दर्लामी सुझाव दिनुहुन्छ । पशुपालनका लागि आवश्यक पर्ने घाँस खेतीसमेत गर्नुभएका उहाँ विभिन्न क्षेत्रबाट उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसक्नुभएको छ ।