Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहनुभएका खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्यूरो अस्पतालमा शनिवार राति १०ः२० मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  goreb_khapangi098982007001

पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिवार अस्पताल लगिएको थियो । अस्पतालबाट उपचार गरी निवास ललितपुर नख्खुदोबाटो लगिएपनि समस्या आएपछि शनिबर पुन अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उँहाको निधन भएको हो । २०७० साल वैशाख १२ गते काठमाडौँ राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै अर्धचेत हुनुभएका खपाङ्गीको अन्नपूर्ण न्युरो अस्पतालमा पहिलो शल्यकृया गराईएको थियो ।

शल्यकृयापछि पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उहाँलाई सिंगापुर लगेर थप उपचार गरिएको थियो । दुर्घटना पछि नै उहाँ बोल्न र चल्ल समेत नसक्ने हुनुभएको थियो । वि.सं. २००३ साल साउन २५ गते थाक्ले उदयपुरमा बाबु अमृतबहादुर र आमा पद्ममायाको कोखबाट जन्मिनुभएका गोरेबहादुर नेपाल मगर सङ्घको संस्थापक हुनुहुन्थ्यो । राजनीतिमा प्रखरवक्ता रहनुभएका उँहाले पञ्चयातकालमा १४ महिला जेल जीवन बिताउनुभएको छ ।

२०४७ सालमा नेकपा (माले) परित्याग गरेर उनी आदिवादी र जनजाति समुदायको पहिचानको आन्दोलनको नेतृत्व पनि गर्नुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया