Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर ०७, २०८१
Friday, November 22, 2024

काठमाडौँ – पृथ्वीमा कैयौँ प्रकारका ढुंगाहरु पाइन्छन् । यसरी पाइने सबै पत्थरको एउटा साझा विशेषता भनेको यी सबै निर्जिव वस्तु हुन् । तर हामी यँहा यस्तो जानकारी दिँदै छौ जुन तपाईँलाई विश्वास नलाग्न सक्छ ?

कुनै पत्थर टुक्रिँदा वा त्यसलाई काट्दा सजीव प्राणीको शरीरबाट जस्तै रगत निस्किएको सुन्नुभएको छ ? पक्कै पनि छैन् होला ? तर यो सत्य हो की यो पत्थरलाई फुटाउँदा केवल रगत निस्किने मात्र होइन पत्थरको मासु समेत निकै महँगोमा बिक्री भइरहेको छ । चिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तो ढुंगा पाइन्छ । यो पथ्थरलाई Pyura Chliensis नामले पनि चिनिन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । stone_blood

यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम देखिन्छ । मानिसहरू समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्ने गरेका छन् । यसको कारण हो, यो पत्थरभित्रको मासु निकै महँगोमा बिक्री हुन्छ दुनियाका विभिन्न देशमा । यो ढुंगाको मासु काँचै खान मन पराइन्छ । आखिर ढुंगाबाट रगत आउन र ढुंगाभित्र मासु हुन सम्भव छ त ? कुनैपनि हालतमा छैन । वास्तवमा यो निर्जिव ढुंगा नभै एउटा सामुद्रिक जिव हो ।

जसले श्वास पनि फेर्दछ र खाना पनि खान्छ । यसले आफ्नो लिंग पनि बदल्छ र बच्चा पनि जन्माउँछ । तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।

तपाईको प्रतिक्रिया