Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

भारत – भारत सरकारले सुत्केरी बिदा बढाएर ६ महिना पुर्‍याएको छ । भारत सरकारले अहिले तीन महिना दिँदै आएको सुत्कोरी बिदा बढाएर ६ महिना पुर्‍याएको हो । भारत सरकारले धर्मपुत्र/धर्मपुत्री बनाउन बच्चा लिने महिलालाई पनि तीन महिना छुट्टी दिने निर्णय गरेको छ ।

pregnant-women

यो बिदामा महिला कर्मचारीले कम्पनीबाट पाउने सबै सुविधा पाउनेछन् । भारतको सरकारी रेडियो अल इण्डियाका अनुसार दुई सन्तानका लागि २६ हप्ता बिदा र तेस्रो वा त्यो भन्दा धेरै सन्तान हो भने १२ हप्ता मात्रै बिदा पाइन्छ ।

यो नियम १० या त्यो भन्दा धेरै कर्मचारी कार्यरत संस्थामा लागु हुनेछ । सरकारले बढाएको यो बिदाले झण्डै १८ लाख कामकाजी महिला लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया