Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

पाकिस्तान – पाकिस्तानको तालिवान समूहको एक गुटले पाकिस्तानको क्वेटा सहरस्थित एक अस्पतालमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । अस्पतालमा भएका दुई छुट्टाछुट्टै विस्फोटनमा परी कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।

तालिवान समूहको तेहरिक ए तालिवान पाकिस्तान समूहअन्तर्गतको जमातुल अहारा नामधारी एउटा गुटका प्रवक्ताले एएफपीका पत्रकारलाई इमेलमार्फत विस्फोट आफ्नो समूहले गराएको जानकारी दिएको छ ।

उक्त समूहले आफ्नो सङ्गठनले उक्त क्षेत्रमा थप आक्रमण गर्ने चेतावनी पनि दिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया