Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आज साना दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (संयुक्त) का एक गरी तीन जनालाई मन्त्रिमण्डलमा सहभागी गराउनुभएको हो । विस्तारित मन्त्रिमण्डलमा राप्रपाबाट दीपक बोहरा र विक्रम पाण्डे तथा नेकपा (संयुक्त) बाट जयदेव जोशी रहनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

यससँगै मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ । यसअघि यही साउन २० गते सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का प्रधानमन्त्रीसहित चार र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका तर्फबाट दुई गरी छ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

तपाईको प्रतिक्रिया