Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २९, २०८१
Thursday, November 14, 2024

पोखरा – कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आर्थिक वर्ष ७२/७३ को असार मसान्तसम्म सेवा निवृत्त २ हजार ३ सय ८६ जना कर्मचारीलाई २२ करोड ९३ लाख ६७ हजार रुपैयाँ कोष कट्टी रकम र मुनाफा भुक्तानी गरेको छ । कार्यालयले एक वर्षमा घर सापटीमा २१ करोड १० लाख ४५ हजार र शैक्षिक सापटीमा २१ लाख ३० हजार रुपैयाँ साँवाब्याज असुल गरेको शाखा प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Paisa

कार्यालयले ३५ जना सञ्चयकर्तालाई घर सापटीमा झण्डै ९ करोड १५ लाख ४ हजार र शैक्षिक सापटीमा १२ जनालाई २ करोड २७ लाख २६ हजार रुपैयाँसमेत ऋण प्रवाह गरेको थियो ।शाखाले गएको आर्थिक वर्षमा ९ हजार २ सय ९० जना सञ्चयकर्तालाई १ अर्ब ७ करोड ७९ लाख ३७ हजार रुपैयाँ विशेष सापटी दिएको थियो ।

सामाजिक सुरक्षण सुविधा अन्तर्गत छजनालाई कल्याणकारी बिमा तर्फ ७ लाख ९० हजार, काजकिरिया खर्च अनुदान तर्फ २१ जनालाई ५ लाख ८० हजार, दुर्घटना क्षतिपूर्ति तर्फ चार जनालाई ४ लाख र सुत्केरी तथा शिशु स्याहार खर्च अनुदानतर्फ ७ सय १८ जनालाई ५३ लाख ८५ हजार रुपैयाँ प्रदान गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

सबै रोजगारलाई सञ्चयकोष भन्ने अभियान अन्तर्गत यो अवधिमा ११ वटा सङ्घ संस्थाका करिब दुई सय कर्मचारी तथा कामदारको कोषकट्टी रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने सम्झौता गरिएको थियो ।

कोषमा आवद्ध सञ्चयकर्ता कर्मचारीलाई दुर्घटना क्षतिपूर्तितर्पm एक लाख २५ हजार, काजकिरिया खर्चतर्फ ३० हजार र औषधोपचार शीर्षकमा बढीमा ५० हजार र सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अन्तर्गत ७ हजार ५ सय रुपैयाँ सहुलियत दिइने गरिएको छ ।

सञ्चयकर्ता कर्मचारीलाई कोषले गण्डकी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा औषधोपचार गर्दा कोषको परिचयपत्रको आधारमा परीक्षण शुल्कमा ५० रुपैयाँ, भर्ना शुल्कमा १०० रुपैयाँ, एक्सरेमा कम्तीमा १० प्रतिशत, ल्याब परीक्षणमा १० प्रतिशत र औषधिमा पाँच प्रतिशत छुटको व्यवस्था समेत मिलाएको छ ।

तपाईको प्रतिक्रिया