Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

बझाङ – बझाङ काँडा गाविसकी हाँसु बोहारा बिरामी भएको शुक्रवार १६ दिन भयो । सुरुमा सामान्य ज्वरो आउने, हातखुट्टा गल्ने समस्या थियो । गाँउको स्वास्थ्य चौकिमा देखाएर औषधि खाइन् तर निको हुन सकेन ।

ओछ्यानबाट उठ्नै नसक्ने भएपछि उनका आफन्तले बोकेर ५ दिनको पैदल यात्रा गरी बिहीबार राति जिल्ला अस्पताल चैनपुर पुर्याए । एक दुई दिनभित्र अस्पताल नपुर्याएको भए उनलाई खतरा हुन सक्थ्यो, उनको उपचारमा संलग्न डाक्डर मिलन सिलवालले भने, उनको रोगको निदान भएरहेको छ ।

ल्याब रिपोर्ट आएपछि के भएको हो पत्ता लाग्छ। उनलाई भाइरल ज्वरो वा टाइफाइड बिथोलिएर हुन सक्ने डाक्टर सिलवालको भनाइ छ । अहिले उनी खतरा मुक्त छिन् । जिल्लाकै ठुलो भूगोल ओगेको उक्त गाविसका गाँउबाट सदरमुकाम पुग्न ४ देखि ७ दिनसम्म पैदल हिँडनुपर्छ । आजको कन्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया