Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सरकारी निवास बालुवाटार सर्नुभएको छ । प्रधानमन्त्री दाहालले सरकारी निवासमा रहेको सामान नै प्रयोग गर्ने बताउँदै अत्यावश्यक बाहेक अरु कुनै पनि सामान नकिन्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै आउनुभएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि शुक्रबार दिउँसो सरकारी निवास सर्नुभएको हो । प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवं सुरक्षाकर्मी लगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले आफू सबैसँग मिलेर काम गर्ने र एउटै परिवारको सदस्यका रुपमा रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया