असाम – भारतको असामस्थित कोकराझारमा शुक्रबार भएको आतंकवादी आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।
एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १३ जना नागरिकको मृत्यु भएको भारतीय सन्चारमाध्ययमहरुले जनाएका छन् । सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् ।
‘टाइम्स अफ इन्डिया’काअनुसार आक्रमणमा कम्तिमा १५ जना घाइते भएका छन् । असामको कोकराझारमा कालोकपडा लगाएको एक व्यक्तिले ग्रीनेड विस्फोट गराएपछि अन्धाधुन्द गोली चलेको थियो ।