Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

तुलसीपुर – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले नेपालको सत्ता परिवर्तनमा सधैं भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गर्नु भयो । नेपालको आन्तरिक मामिलाको हल यहीका दलले गर्नुपर्ने बताउँदै उहाँले बाहिरी हस्तक्षेप भने स्वीकार्य नहुने धारणा राख्नु भयो ।

सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको उहाँको भनाइ रहेको छ । डा भट्टराइले प्रत्यक्ष निर्वा्चित राष्ट्रपति र समानुपातिक संसद् नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायम रहने धारणा राख्नुभयो ।

बर्से्नि भारतले बनाएका बाँधले नेपालको तराई मधेस डुबानमा परे पनि कहिलै पनि भारतसँग सार्थक वार्ता हुन नसकेको उल्लेख गर्दै उहाँले आरोप मात्रै लगाउने भन्दा समस्या समाधान हुने गरी भारतसँग संवाद गर्न आवश्यक छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया