Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं –आसन्न रियो ओलम्पिकमा रुसका कम्तिमा २ सय ५० खेलाडी सहभागि हुन पाउने भएका छन् । अन्तराष्ट्रिय ओलम्पिक कमिटी आई.ओ.सी.को निर्देशनअनुसार विभिन्न खेलकुद संघका विश्व संस्थाहरुले अलग अलग मापदण्ड तय गर्दै यी खेलाडीको सहभागिता निश्चित गरेका हुन् ।

olampic

यस पटक रुसी खेलाडीहरुको लागि विशेष डोपीङ परीक्षणको व्यवस्था गरिएको छ । समग्र रुसी टिमको सहभागिताबारे आईओसीले निर्णय गर्न बाँकी रहे पनि विभिन्न खेलका २ सय ५० खेलाडीलाई सहभागिताको लागि स्विकृती प्रदान गरिसकीएको छ ।

एथ्लेटिक्सका भने सम्पूर्ण विधाका खेलाडी प्रतिबन्धित छन् । रुसमा खेलाडीको प्रदर्शन बढाउन ब्यापक मात्रामा प्रतिबन्धित शक्तिबर्धक औषधीको प्रयोग हुने गरेको र यसलाई राज्यले नै प्रायोजन र प्रोत्साहन गर्ने गरेको खुलाशा भएपछि विश्वभर सनसनी मच्चिएको थियो ।

केही राष्ट्र तथा खेलकुद संघहरुले समग्र रुसी टोलीलाई ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाउनुपर्ने माग गरे पनि आईओसीले भने खेलाडी सहभागि गराउने वा नगराउने भन्ने जिम्मा सम्बन्धित खेलकुद संघहरुलाई दिएको छ । रियो ओलम्पिक यही शुक्रबार ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ । – (एजेन्सी)

तपाईको प्रतिक्रिया