Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

डडेल्धुरा – सहिद भीमदत्त पन्तको ६४ औँ स्मृति दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । किसान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते हत्या गरिएको थियो ।

bhimdatta

उहाँको सम्झनामा सहिद भीमदत्त स्मृति प्रतिष्ठानले दिवस मनाउँदै आएको छ । स्मृति दिवसको अवसरमा सोमबार बिहान डडेल्धुरा बागबजार स्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ ।

यस्तै दिउँसो १२ बजे छात्रवृत्ति वितरण गरिने र उत्कृष्ट किसानलाई अभिनन्दन गरिने सहिद भीमदत्त स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभएको छ । प्रतिष्ठानले लामो समयदेखि सहिद पन्तको स्मृति दिवस मनाउँदै आएको भएपनि गएको वर्षको फागुन १९ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो ।

‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गरेका भीमदत्त पन्त किसान नेताका रुपमा परिचित छन् । भीमदत्त पन्तको जन्म डडेलधुराको अहिलेको अमरगढी नगरपालिका कारीगाउँमा वि.सं. १९८३ साल मंसिर १० गते भएको थियो ।

तपाईको प्रतिक्रिया