Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सर्वाेच्च अदालतका लागि अनुमोदित सबै न्यायाधीशहरुले आज शपथ ग्रहण गर्ने भएका छन् । न्यायाधीशहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गरेलगत्तै प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

उहाँहरुले आजबाटै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नुहुनेछ । संसदीय सुनुवाई समितिले हिजो २ महिलासहित न्यायपरिषद्बाट प्रस्तावित ११ स्थायी न्यायाधीशको नाम अनुमोदन गरेसँगै सर्वोच्च अदालतमा महिला न्यायाधीश संख्या तीन पुगेको छ ।

प्रधानन्यायाधीशसहित २१ स्थायी न्यायाधीश दरबन्दी रहेको सर्वोच्च अदालतमा पछिल्लो नियुक्तिसंगै न्यायाधीशको संख्या २० पुगेको छ । २०६८ पछि सर्वोच्च अदालतमा न्यायाधीशले पूर्णता पाएको यो पहिलो अवसर हो ।

पछिल्लो नियुक्ति सँगै सर्वोच्च अलालतमा नयाँ न्यायाधीश अनुहारको बाहुल्यता देखिएको छ । बिहान साढे १० बजे राष्ट्रपति कार्यलय शितल निवासमा सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया