Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन पार्टी एक ठाउँमा उभिए अझै पनि सहमतीय सरकार बन्ने सम्भावना रहेको बताउनुभएको छ ।

फोरम लोकतान्त्रिकको काठमाडाैँमा आयोजित ७ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले सहमतीय सरकारका लागि अहिले पनि समय रहेको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिले अझै पनि सहमतिको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । उहाँले सहमतिको सरकार बन्न नसके पनि राष्ट्रिय एकताका विषयमा भने सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । “सहमतिको सरकार बन्दैन भने पनि हामी संविधान कार्यान्वयन, मधेसीको मुद्दा सम्बोधन गर्नका लागि राष्ट्रिय एकता गरेर अगाडि बढ्न सक्छौँ”– उहाँले भन्नुभयो, “प्रमुख तीन दलबीच राष्ट्रिय एकतामा सहमति नभएर देश अगाडि बढ्न सक्दैन ।”

उहाँले देशलाई समृद्धितर्फ दोहोर्याउनका लागि पनि राष्ट्रिय एकताको खाँचो रहेको औँल्याउँदै राष्ट्रियताका मुद्दामा प्रमुख दल एक हुनुपर्ने बताउनुभयो । उहाँले नयाँ बन्ने सरकारले पनि संविधान कार्यान्वयनमा चुनौती आउने बताउँदै भन्नुभयो, “एमालेबिना संविधान कार्यान्वयन गर्न समस्या पर्ने भएकाले एमालेलाई पनि सँगसँगै लैजानु पर्दछ ।” स्थानीय, प्रदेश र संसद्को निर्वाचन कुनै पार्टी र सरकारको एजेन्डा नभएको बताउँदै सबै दलको भएको धारणा उहाँले राख्नुभयो ।

उहाँले अहिलेको राजनीतिक मुद्दा सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । सरकार र संसद् आफ्नो सधैँ ‘प्लेटफर्म’ भएको बताउँदै गच्छदारले केही मधेसवादी दलले आफ्नो पार्टीलाई सरकारमा जानबाट रोक्न खोजेको आरोप पनि लगाउनुभयो ।

तपाईको प्रतिक्रिया