Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छदारले मधेसका मुद्दा सम्बोधनका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बाधक बनेको आरोप लगाउनुभएको छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको सातौ बार्षिकोत्सवको अवसरमा पार्टी कार्यालय तीनकुनेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष गच्छदारले आफूलाई मधेसको नेता भन्ने मधेसी मोर्चाका नेताले मधेसको हितमा काम नगरेको दाबी गर्नुभयो ।

??????????????????????????

नेकपा माओवादी केन्द्रको नेतृत्वमा बन्ने सरकारलाई आफूले समर्थन गर्ने उल्लेख गर्दे उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भने आफ्नो पार्टीलाई सरकारमा नल्याउ भन्दै हिडेको दाबी गर्नुभयो ।

लोकतान्त्रिक फोरमलाई कुनै पनि हालतमा सरकारमा जान नदिने अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता लागेको उहाँको दाबी थियो । सम्बोधनमा संयुक्त मधेसी मोर्चा प्रति निकै आक्रमक बन्नुभएका अध्यक्ष गच्छदारले कतिपय नेताले आफूलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय माग्दै हिँडेको समेत दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सामेल भएका अध्यक्ष गच्छदारले नेकपा माओवादी केन्द्रको नेतृत्वमा बन्न लागेको सरकारलाई पनि समर्थन गर्ने बताएपछि फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच निष्तेजको राजनीति सुरु भएको हो ।

तपाईको प्रतिक्रिया