Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

मकवानपुर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–३ रमनटारमा दुई वटा रात्री बस जुध्दा ज्यान गएका ९ जना मध्ये सात जनाको परिचय खुलेको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट गाईघाटका लागि छुटेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किँदा ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मिरा चौधरीले बताउनुभयो ।

bus accedent

रमनटारमा सडकमा खाल्डा खुल्डी भएकाले त्यसलाई छलाउन खोज्दा काँकडभिटटबाट आएको बसले साइड च्याप्दा दुई बस एक आपसमा ठोक्किएर ९ जनाको ज्यान गएको प्रहरी उपरिक्षक चौधरीले बताउनुभयो ।

बस दुर्घटनामा ज्यान गुमाएका मध्ये उदयपुर त्रियुगा नगरपालिका–१० का १० वर्षका मणिरत्न चौधरी, २५ वर्षका विनोद चौधरी, काठमाडौंका लक्ष्मीप्रसाद अधिकारी, २७ वर्षका सन्तोष चौधरी, बारा सिग्नौलका २१ वर्षका विशाल धामि, गाईघाट–८ का ३ वर्षकी मुस्कान चौधरी र ठेगाना नखुलेका भिमकुमारी तामाङकोे सनाखत भएको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो । अन्य दुई जनाको भने नाम खुल्न बाँकी  छ ।

६ जनाको घटनास्थलमानै र तीन जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १४ जनाका उपचारपछि घर फर्किएका छन् । अरु १७ जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ

तपाईको प्रतिक्रिया