Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ता छाड्न कुनै गाह्रो नभएको बताउनुभएको छ । काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा प्रधानमन्त्रीले सत्तासँग कुनै मोह नभएको उल्लेख गर्नुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । KP-oli1

‘अहिले सत्ता छाड्न गाह्रो भयो भन्नुहुन्छ,‘भावनात्मक मन्तव्य राख्नुभएका ओलीले भन्नुभयो,‘उहिले नै धर्ती छाड्न लागेको मान्छेलाई कुर्सी छाड्न के गाह्रो ?’ प्रधानमन्त्रीले काँग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव राखेलगत्तै राजीनामा मागेकोमा आश्चार्य प्रकट गर्नुभयो । ‘भर्खरै संसदमा अविश्वासको प्रस्ताव राखिएको छ, फेरि राजीनामा माग्छन्, उहांले सोध्नुभयो,‘अविश्वासको प्रस्ताव राखेको हो कि राजीनामा मागेको हो ?’

उहाँले अविश्वासको प्रस्तावविरुद्ध संसद ‘फेस’ गर्ने दोहोरयाए । प्रधानमन्त्रीले बाहिर चर्चा भएजस्तो संसद विघटन गर्ने पक्षमा आफू नभएको बताउनुभयो । ‘मैदान नै मासेपछि कहाँ खेल खेल्नु ? खेल त सँधै बाँकी रहन्छ नि,’ ओलीको भनाइ थियो । उहाँले आफू राष्ट्रिय राजनीतिलाई द्वन्द्वतर्फ लैजाने सोचमा नभएको प्रष्ट पार्नुभयो । माओवादीसँग १४ बुँदे सहमति गरेर आगामी चुनावसम्म सहकार्य गर्ने तयारी भए पनि बीचमा धोका भएको उँहाले बताउनुभयो ।

‘फुटबलमा हावा हालेपछि उफ्रिहाल्छ नि,’ माओवादीतिर लक्षित गर्दै भन्नुभयो, ‘खै कसले हावाल हालिदियो ?’ देशलाई तनावतिर जान नदिन र सहमतिका साथ अघि बढ्न प्रधानमन्त्रीले आग्रह पनि गर्नुभयो । ***

तपाईको प्रतिक्रिया