Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ ।

इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । असार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन । कमिटीका संयोजक पंगेनी भन्नुहुन्छ, ‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय खोजिरहेको छु, म हराएको छु ।’

अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु २०१६ सालमा त्रिपुरेश्वरस्थित हालको वल्र्ड ड्रेड सेन्टरबाट त्रिभुवन विश्ववद्यालयको यात्रा सुरु भएको इतिहास विषयका प्रा.डा पंगेनीले बताउनुभयो । अहिले कसरी विश्वविद्यालय स्थापना भयो, किन कीर्तिपुरमा विश्वविद्यालय आयो भन्ने तथ्यको खोजीमा लागेको उहाँको भनाइ छ । ‘भिसी अफिस, केन्द्रीय पुस्तकालयमा खोजेको खोज्यै छु, भनेजस्तो रेकर्ड पाएको छैन,’ उहाँले भन्नुभयो । TU

कमिटीले त्रिविमा स्थापनाको सिद्धान्त के थियो ?
व्यवहारमा कस्तो रहेको छ भन्ने पनि पत्ता लगाउने प्रयत्न गरेको छ । उहाँका अनुसार त्रिवि स्थपना गर्न विदेशी प्राध्यापक र विदेशी व्यक्तिहरू ल्याएर काम लगइएको थियो । २०१६ सालअघि नै अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु गरेका थिए ।

२०१४ सालतिर इन्डियन एट मिसनबाट सहयोग भएको पाइएको छ । पहिले नै स्थापना भएका कलेजलाई सम्बन्धन त्रिविले पहिले नै स्थापना भएका कलेजहरूलाई सम्बन्धन दिएर काम सुरुवात गरेको थियो । २०१६ सालमा आठवटा विषयबाट त्रिविको शैक्षिक यात्रा सुरु गरेको थियो । त्रिविले २०२४ सालमा कीर्तिपुरमा भवनहरू निर्माण गरेपछि त्रिपुरेश्वरबाट कार्यालय सरेको थियो । त्रिविको स्थापना हुनुभन्दा पहिले नै कीर्तिपुरमा कलेज अफ एजुकेसन सुरु भएको थियो ।

पंगेनीका अनुसार ०१३ सालमै सो कलेज सञ्चालन भइसकेको थियो । त्रिपुरेश्वरबाट त्रिवि कीर्तिपुर सर्नुभन्दा पहिले सञ्चालन भएको कलेज अफ एजुकेसन पनि त्रिविअन्तर्गत थियो ।

त्रिविले मनायो ५७ औँ वार्षिकोत्सव
त्रिविले ५७औँ वार्षिक दिवस सप्ताहव्यापी रूपमा मनाएको छ । राजा त्रिभुवनको जन्मतिथिअनुसार त्रिविले २९ असारमा एक हप्ते कार्यक्रम गरी मनाएको हो । मुलुकुको उच्च शिक्षा नीति बहुविश्वविद्यालयको प्रयोग र त्रिविको भावी कार्यदिशाबारे छलफल, सरसफाइ तथा वृक्षरोपण, फ्री वाइफाई जोन, स्मार्ट बोर्ड, अनलाइन, दूरशिक्षा, उपकुलपति कार्यालयको शिलान्यास, रक्तदानलगायतका कार्यक्रम गरी त्रिवि दिवस मनाइएको हो ।

त्रिविको समग्र इतिहास खोजिने
‘त्रिभुवन विश्वविद्यालयको सम्पत्ति अथाह, छ तर कति छ भन्न गाह्रो छ,’ यो भनाइ हो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थ खनियाँको । उपकुलपति प्रा.डा.खनियाँले त्रिभुवन विश्वविद्यालयको सुरुवात कसरी भयो, अहिलेसम्म आइपुग्दा कस्ता निर्णय भए र अब कसरी अघि बढ्ने भन्ने कुरालाई कमिटीले दिएको सुझावले सहयोग हुने बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया