Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार गठनका लागि भएको ७ बुँदे गोप्य सहमतिबारे नेपाली कांग्रेसले भोलि छलफल गर्ने बताएको छ ।
लिखित रुपमा त्यस्तो कुनै सम्झौता नभएको भनि कांग्रेस नेताहरुले दाबी गरेपनि स्रोतले सहमतीय सरकार निर्माणदेखि संविधानमा देखा परेका असन्तुष्टिलाई सम्बोधन गर्ने, स्थानीय, प्रदेश र केन्द्रसम्मका निर्वाचन, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगको कानूनमा संशोधन गर्नेसम्मका सहमति भएको बतायो ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अब नयाँ सरकार गठनमा पार्टीको भूमिका बारे छलफल गर्न नेपाली कंग्रेसले केन्द्रीय समितिको बैठक भोली विहानका लागि बोलाएको छ ।

तपाईको प्रतिक्रिया