Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले तयार नभएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जनाएको हो ।

वतर्मान सरकारबाट समर्थन फिर्ता लिइएको पत्रमा पूर्वसहमति कार्यान्वयन गर्न सरकार तयार नभएको हुँदा पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट फिर्ता लिएको उल्लेख छ । माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको जानकारी समेत प्रधानमन्त्री ओलीलाई गराएको छ । पत्रमा अध्यक्ष दाहालले पार्टीको सो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास लिनुभएको छ ।

सत्ता साझेदार दुई दलबीच गत वैशाख २३ गते नौबुँदे सहमति भएको थियो । पत्रमा संविधान कार्यान्वयन गर्न, सङ्क्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, तराई–मधेसमा भएको आन्दोलन एवम् थारू लगायत सबै आदिवासी, जनजाति र सरोकार भएकाहरुको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको पार्टीको धारणा रहेको जनाइएको छ ।

 

प्रधानमन्त्रीलाई बुझाएको पत्र :

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,

प्रधानमन्त्री कार्यालय

सिंहदरबार काठमाडौं।

विषयः वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे।

सम्माननीय प्रधानमन्त्री

उपरोक्त सम्बन्धमा २०७२ जेठ १६ गते  प्रमुख राजनीतिक दलबीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ऐतिहासिक उपलब्धी हासिल भयो। तत्पश्चात संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन गर्नेसंक्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका  बाँकी कामलाई  सम्पन्न गर्नतराई मधेसमा भएको आन्दोलन एंव  थारु लगायत सबै आदिवासी जनजातिका सरोकारहरु सम्बोधन गर्न, गतवर्षको गएको विनाशकारी  भूकम्पबाट  प्रभावित जनतालाई  राहत तथा  पुनर्निर्माणका लागि  मुलुकमा राष्ट्रिय सहमति अत्यावश्यक रहेको हाम्रो पार्टीको धारणा रहँदै आएको छ।

गत २०७३ वैशाख २३ गते  नेकपा एमाले र हाम्रो पार्टीबीच भएको नौ बुँदे सहमतिको मूल मर्म पनि त्यही थियो।  तर वर्तमान सरकारको नेतृत्वले  नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति  कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारका रही रहन  राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं। साथै हाम्रो पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं।  हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौं।

तपाईको प्रतिक्रिया