Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बैतडी – बझाङका दुई गाविसका ४५ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाको रायल गाविस–५ र ७ का २३ परिवार तथा मटेला गाविस–८ का २२ परिवार पहिरोको उच्च जोखिममा परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

“रायलको ५ र ७ वडाका काटीखेती, तलुबाडी र मैतोली गाउँ र मटेला–८ को गाउँ पहिरोको जोखिममा परेका छन्” प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो – “गाउँको तल्लो भागमा रहेको नारुगाडबाट पहिरो झर्न थालेपछि जमिन भासिएकोे छ । यसले गर्दा नारुगाडाको माथिल्लो भागमा रहेका तीन गाउँ जोखिममा परेका हुन् ।”

यसका साथै गाउँको माथिल्लो भागबाट समेत पहिरो झर्ने गरेकाले झनै जोखिम बढेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । ग्रामीण सडक बनाउने नाममा बस्तीको ख्यालै नगरी निर्माण कार्य गरिएकाले यहाँ बर्से्नि पहिरो जाने गरेको हो ।

तपाईको प्रतिक्रिया